कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि जनता लक्षित १४ विशेष कार्यक्रम सार्वजनिक गरेको छ । ती कार्यक्रममा पार्टी विजयी भएमा अति विपन्न परिवारलाई पानी र बिजुली बत्तीको महसुलमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।यस्तै स्थानीय तहका परिवारका “आमा र नाबालक” लाई संयुक्त रुपमा शिक्षा, स्वास्थ्य र पोषणको ग्यारेन्टीका लागि मासिक रकम अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ । यसैगरी पालिकाका वडाहरूमा फूसको छाना लगाएका घरहरुमा जस्ताको छाना लगाउन चाहने घरध