‘प्रथम वालिङ गोल्डकप’को उपाधि वालिङ युनाइटेड निलोलाई

स्याङ्जाको वालिङमा आज सम्पन्न प्रथम वालिङ गोल्डकप २०७९ को उपाधि वालिङ युनाइटेड निलोले जितेको छ । फाइनलमा विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै वालिङ युनाइटेड निलोले उपाधि जितेको हो । वालिङ युनाइटेड फुटबल क्लबको आयोजनामा गत पुस ३० देखि वालिङ ८ स्थित खेलमैदानमा सुरु राष्ट्रियस्तरको प्रतियोगिता सुरु भएको थियो । …