बागमती प्रदेशसभाको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक दलहरु बीच कार्यसूचीमा सहमती नजुट्दा निर्धारित समयमा ढिला गरी सुरु भएको हो । विहान ११ बजेदेखि बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकमा कार्यसूचीको विषयमा सहमती नजुट्दा ढिला हुन गएको प्रदेशसभा सचिवालयले जनाएको छ ।बैठक संचालनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि सहमती जनाएपछि प्रदेशसभाको आज बस्ने बैठकको कार्यसूचीमा तय भएको छ । एमालेले यसअघिका बैठकहरूमा अवरोध गर्दै आएको थियो । एमाल