संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकहरूलाई सहज बनाउन ‘होप अन हप अफ’ सिटी बस सञ्चालनबारे सरोकारवालाहरुसँग छलफल गरेका छन् । मन्त्रालयमा सोमबार भएको छलफलमा बस व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो ।काठमाडौंका साँस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस संचालन गर्न लागिएको उनले जानका