बाढीपहिरोले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका विभिन्न ठाउँमा क्षति पु-याएको छ। पहिरोले घर पुरिँदा मङ्गलबार तीन बालबालिकाको ज्यानसमेत गएको छ। अर्घाखाँची समाचारदाताका अनुसार जिल्लाको पाणिनी गाउँपालिका–१, पणेना गोवनपानी गाउँमा गङ्गा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ।