सर्वाेत्तम सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर प्रमाण

काठमाडौं (अस) । सर्वोत्तम सिमेन्टले ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । यो नेपालमै उत्पादन हुने सिमेन्टमध्ये उत्कृष्ट ग्रेड हो । गुणस्तर विभागबाट कम्पनीले उक्त गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो । सर्वाेत्तम सिमेन्ट प्रयोग गरी देशका विभिन्न महत्वपूर्ण आधारस्तम्भ, विभिन्न आयोजना तथा संरचना निर्माण भइरहेका छन् । कम्पनीका अनुसार धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा वीर अस्पताल निर्माणमा समेत सर्वोत्तम सिमेन्ट प्रयोग गरिँदै आएको छ । कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन गरी गुणस्तरमा थप नयाँ आयाम प्राप्त हुने विश्वास कम्पनीको छ ।