बागलुङ : केही वर्ष अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा ढुंगा र खरले छाएका घुमाउने घरहरू धेरै देखिन्थे। ढुंगामाटोको गारो। रातोमा सेतो कमिरोले पोतिएका घरहरू गाउँभरि देख्न पाइन्थे। यस्ता घरहरूले शहरबाट गाउँ पुगेकाहरूलाई फुरुङ्ग बनाउने गर्थे। काठले बनेका घरका झ्यालढोका कलात्मक शैलीमा बनाइएका हुन्थे। झ्यालढोकामा कुँदिएका विभिन्न आकृतिले धेरैलाई आकर्षित गर्थे तर अहिले त्यस्ता घर लोप हुँदै गएका छन्।यस्ता घरहरू बागलुङका ग्रामीण भेगमा बढी देख्न पाइन्थ्यो। पछिल्लो समय यस्ता