कास्की – बुद्ध एअरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एअरले आउँदाे पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ ।
“पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान ब...