जनकपुरधामस्थित रेल्वे विभागको कार्यालयमा पीडितहरु धर्नामा बसेका छन् । आइतवार महोत्तरीको बर्दिबासबाट आएर जनकपुरधामस्थित कार्यालयमा उनीहरुले धर्ना दिएका हुन् । रेल्वेको लिक तथा भवन निर्माण अन्तर्गत परेको जग्गाको मुआब्जा पाउनुपर्ने उनीहरुको माग छ ।उनीहरुले जिल्ला प्रशासन कार्यालयले कायम गरेको वर्गीकरणको आधारमा मुआब्जा नदिई रेल्वेका कर्मचारीले लापरवाही गर्दै कम मुआब्जा भुक्तानी दिइरहेको आरोप लगाए । पीडितहरुले आफ्नो मागको बारेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकसँग गुनासाहरू सुनाएपछि महाप्रबन्धक