कांग्रेस हिन्दुराष्ट्र स्थापना महाअभियानको सल्लाहकार परिषद् गठन

काठमाडौँ- नेपाली काँग्रेस, सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको बुधबार सल्लाहकार परिषद् गठन गरेको छ। महाअभियान केन्द्रीय समन्वय समितिको बुधबार बसेको बैठकले लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा सल्लाहाकार परिषद् गठन गरेको हो महाअभियानका सह संयोजक एवं प्रवक्ता लोकेश ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। परिषद्का सल्लाहकारहरुमा पूर्व सभामुख एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री विपीन कोइराला, […]