काठमाडौँ । मधेश प्रदेशमा नेकपा एमालेले राष्ट्रियसभाको लागि एक जना उम्मेदवारको नाम परिवर्तन गरेको छ । उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको ठाउँमा विजाता झालाई उम्मेदवार बनाएको हो । सिंह उम्मेदवार सिफारिस भएपनि मतदाता नामावलीमा नाम नरहेपछि झालाई उम्मेदवार बनाउने निर्णय एमाले मधेश प्रदेशले गरेको हो ।