सप्तकोसी डेभलपमेन्ट बैंकमा कर्मचारीलगायतको मिलेमतोमा १६ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा उक्त रकम हिनामिना भएको हो । बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिई यसबारे अनुसन्धान गरिरहेको छ ।