बागमती प्रदेश लोक सेवा आयोगले निकालेको पशु चिकित्सकको विज्ञापनप्रति नेपाल भेटेनरी एसोसिएसनले ध्यानाकर्षण भएको जनाएको छ । एसोसिएसनका अध्यक्ष डा.सितलकाजी श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न ७ वटा स्थानीय तहमा “पशु चिकित्सक” अधिकृत छैठौं तहको स्थायी पदपूर्तिका लागि एक तहमाथिको आवश्यक न्यूनतम शैक्षिक योग्यता राखी सूचना प्रकाशित गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् । प्रमाणपत्र तह विज्ञान विषयमा उत्तीर्ण गरी मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा ५ बर्षको अध्ययन