एपीएफको आयोजनामा ५० हजार राशिको खुला कविता प्रतियोगिता हुँदै

पर्वत : सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौंले ५० हजार पुरस्कार राशि रहेको खुला राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ।सशस्त्र प्रहरी बलको २३ औँ वार्षिकोत्सवको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको सशस्त्र प्रहरी बलले बताएको छ। सशस्त्र प्रहरी बल, नेपाल र यसको कार्यादेशसँग सम्बन्धित विषय वा शीर्षकमा कविता लेख्न सकिने छ। प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने कविताले पुरस्कार स्वरूप क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पाउने छन्। यस्तै उत्कृ

सम्बन्धित सामग्री

पृथ्वी जयन्तीमा राप्रपाले कविता प्रतियोगिता आयोजना गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष २७ गते पृथ्वी जयन्तीका अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता आउँदो पुस २७ गतेसम्ममा ४०...

२३औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता धरानमा हुने

काठमाडौं : किरात वाम्बुले राई भाषाको २३ औं कविता प्रतियोगिता सुनसरीको धरानमा हुने भएको छ। वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६औं वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो। वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राईले ओखलढुंगा, खोटाङ र उदयपुरको गाउँघरमा मात्र आयोजना हुने गरेको वाम्बुले राई भाषाको कविता प्रतियोगितालाई धरानमा आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार प्रदेश–१ मा जारी ‘कोशी’ बहिस्कार आन्दोलन जारी छ। उक्त आन्दोलनलाई सहयोग पुर्‍याउन

नेपाल विद्युत प्राधिकरणकाे अठतीसौं वार्षिकाेत्सवमा कविता प्रतियोगिता

नेपाल विद्युत प्राधिकरणले आफ्नो अठतीसौं वार्षिकाेत्सवकाे अवसरमा प्राधिकरण स्तरीय खुला कविता प्रतियोगिता आयोजना गरेको छ।...

‘प्रकाश’ ले घोषणा गर्यो एक लाख पुरस्कारको कविता प्रतियोगिता

१० भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘प्रकाश’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले प्रचार प्रसार समेत व्यापक बनाएको छ । यस्तैमा फिल्म युनिटले कविता प्रतियोगिता घोषणा गरेको छ । फिल्मको मूल कथाअनुसार निर्माण टिमले शिक्षकबारे कविता प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा कलेज तथा स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन सक्नेछन् । निर्माता महेन्द्र अधिकारीका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको विद्यार्थी हुनुपर्नेछ भने

भानु जयन्तीमा ‘म पनि कवि’ राष्ट्रिय कविता प्रतियोगिता हुने

पर्वत : भानु जयन्तीको अवसर पारेर सुजल फुड्स प्रालिको आयोजनामा ‘म पनि कवि–२०७९’ राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ।२०९ औँ भानु जयन्तीको अवसर पारेर देशभरका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू मात्रै सहभागी हुन पाउने गरी प्रतियोगिताको आयोजना गरिएको हो।प्रतियोगितामा सहभागी हुन सुजल फुड्सले तोकेको अनलाइन प्लेटफर्ममा पुगेर विवरण दर्ता गरी कविता पनि त्यहीँ राख्नु पर्नेछ।प्रतियोगी कविताहरू गत असार १६ गतेदेखि अनलाइनमा राख्न सुरु गरिएको र असार २५ गतेसम्ममा राख्न सकिने आयोजकल

भानु जयन्तीमा राष्ट्रियस्तरको कविता प्रतियोगिता हुने

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता आयोजना गरिने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आचार्यको जन्मजयन्तीका अवसरमा खुला कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।समितिले भानुभक्तको जन्मजयन्ती तीन दिन विविध कार्यक्रमका साथ मनाउँदैछ । सोही क्रममा खुला कविता प्रतियोगिता गर्न लागिएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेला

उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता हुने

काठमाडौं : एएनएको वार्षिक उत्सवको अवसरमा आगामी जुलाई ३ मा उत्तर अमेरिकाव्यापी खुला कविता प्रतियोगिता हुने भएको छ। उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूका लागि उक्त प्रतियोगिता आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले बताए।प्रतियोगितामा सहभागी हुन २०० शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जुन २८ सम्म पठाउनु पर्नेछ। अनेसासको सहआयोजनामा हुने प्रतियोगिताको संयोजकको वरिष्ठ उपाध्यक्ष पूजालाई दिइएको छ।उनका अनुसार प्रतियोगितालाई पारदर्शी बना