प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेका मन्त्रालयमा चित्त नबुझेपछि महत्त्वपूर्ण मन्त्रालय दाबी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुर शुक्रवार फेरि बालुवाटार पुगेका छन् ।
८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारी गरेको जसपाले प्रधानमन्त्रीले प्रस्ताव गरेका मन्त्रालय हेरफेरको माग गरेको छ ।
जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्यन, खानेपानी तथा सरसफाइ, भूमिसुधार, श्रम तथा रोजगार, महिला बालबालिका तथा जेष्ठ नागरिक, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय लिन...