अक्षय कुमारको मुख्य भूमिका रहेको ‘सूर्यवंशी’ दीपावलीको अवसरमा सिनेमा घरमा रिलिज गरिएको छ । पहिलो दिन धमाकेदार ओपनिङ गरेको रोहित शेट्टी निर्देशित चलचित्रले दोस्रो दिन पनि राम्रो व्यापार गरेको छ । रिलिजको पहिलो दिन सूर्यवंशीले २६.२९ करोड भारतीय रुपैयाँ कमाएको थियो । चलचित्रले दोस्रो दिन २४.५० करोड भारु आम्दानी गर्न सफल भएको छ । चलचित्रलाई लिएर अझै क्रेज कायम रहेको छ । मुम्बईदेखि साना सहरमा चलचित्रको राम्रै क्रेज देखिएको छ ।अक्षय र कटरिना कैफको यो चलचित्रले विदेशमा पनि राम्रै