गर्भमा ९ महिना पूरा नगर्दै जन्मिँदैछन् बच्चा, नयाँ तथ्य सार्वजनिक

बच्चाले आमाको गर्भमा ९ महिनासम्म रहनुपर्ने आममान्यता छ । तर चिकित्सकले दिएको मिति अगावै आमा सुत्केरी भएर बच्चा किन जन्मिन्छन् ? समय अगावै जन्मिएका बच्चामा कस्तो असर देखिन्छ ? यसबारे नयाँ तथ्य सार्वजनिक भएका छन् । जलवायु परिवर्तनको असर आमाको गर्भसम्म पुग्ने भएकाले त्यसले बच्चा छिट्टै जन्मिने गरेको तथ्य सार्वजनिक भएको छ । ब्राजिलको अमेजन क्षेत्रमा समय पूर्व नै हुने जन्मबारे ११ वर्षको अवधिमा ३ लाख बच्चामा अध्ययन गरिएको छ । ब्रिटेनको लकास्टर विश्वविद्यालय र हेल्थ रिसर्च इन्स्टिच्युटका शोधकर्ताहरूले मिलेर गरेको अध्ययनमा बच्चाको स्वास्थ्यबारे...