गत स्थानीय निर्वाचनमा उत्साहका साथ भाग लिएका ७१ वर्षीय धर्मबहादुर चन्द यसपालि मतदानमा भाग नलिने पक्षमा छन् । ०७४ को निर्वाचनमा उनले मतदान मात्रै गरेका थिएनन्, आफूलाई मन परेका उम्मेदवारको टोलटोलमै पुगेर प्रचारप्रसारमा खटिएका थिए । ‘पाँच वर्षमा भएको ब्रहृमलुट देखेपछि सबै उत्साह र पार्टीहरूप्रतिको विश्वास मरेर गयो,’ चन्दले भने, ‘जित्ने र हार्ने सबैले बाँडीचुँडी गरेर ब्रहृमलुट गरे ।’