नेकपा एमाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ । शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिएको हो ।शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएर समूहगत छलफल थालिएको थियो ।बैठकले दशवटै समूहको टोली नेता समेत चयन गरेको छ । प्रदेश १ ब