विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसँगै फागुन २० गते १ बजेसम्मका लागि बैठक स्थगित भएको छ। ढिला गरी सुरु भएको सो बैठकमा नेकपाका दाहाल–नेपाल समूहका नेता तथा पूर्व मन्त्री ईन्द्रबहादुर आङबोले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश गरेका हुन्।अविश्वासको प्रस्ताव पेश भएको उक्त बैठकमा भने सत्ता पक्षका कोही पनि प्रतिनिधिको उपस्थिति रहेको थिएन। आज (आइतबार) को बैठक रोक्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब