ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रवर्धित विदेश स्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरू सञ्चालनमा ल्याएको छ ।
बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरूमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाताहरू रहेका छन् ।
अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्टेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दती खातामा आकर्षक व्याज दर प्रदान गरिने छ । यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो ...