चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दश लाख राहत

डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु दश लाख राहत प्रदान गरेको छ ।  आर्थिक वर्ष २०७७/७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका थिए । उनीहरुको परिवारलाई रु दश लाखका दरले राहत वितरण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।चितुवाको आक्रमणबाट भानु नगरपालिका–३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु–४ का चार वर्षीया रञ्जिता लम्साल, भानु–२ का १० वर्षीय अमृत गुरुङ, भानु–२ की आठ वर्षीया पुष्पा अधिकारी