भक्तपुर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्व सभामुख अग्नि सापकोटाले एनसेल विक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्। रफत सञ्चार क्लबद्वारा आयोजित अन्तरसंवादमा उनले शक्तिशाली अध्ययन तथा छानबिन कमिटीबाट दोषी देखिए कारबाही गर्न पछि हट्न नहुने बताए। उनले भने, ‘एनसेल विक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखिए दोषीलाई कारबाही हुनुपर्छ।’उनले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग न