काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको छ । कोरोना संक्रमणका कारण उनी चार दिनदेखि भक्तपुरको बालकोटस्थित निवासमै आराम गरिरहेका छन्। पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य सामान्य रहेको बताएका हुन्। 'हाम्रो पार्टी नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ