काठमाडौं । नेकपा एमालेले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको बताएको छ । एमाले नेता सुभाष नेम्वाङ नेतृत्त्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले कोरोनाविरुद्धको खोप नागरिकलाई दिन नसकेको आरोप लगाएको छ ।
अघिल्लो सरकारले तयार गरेको स्वास्थ्य सुरक्षा मापदण्ड प्रभावकारी रुपमा लागु...