महानगरद्वारा टिचिङ अस्पताललाई दश वटा भेन्टिलेटर

काठमाडौं। काठमाडौं महानगरपालिका र टिचिङ अस्पतालको सम्झौतामा काठमाडौं महानगरपलिकाले टिचिङ अस्पताललाई १० वटा भेन्टिलेटर प्रदान गरेको सुचना अधिकारी बसन्त आचार्यले बताए। टिचिङ अस्पताललाई कोरोना अस्पतालमा परिणत गर्ने उदेश्यले भेन्टिलेटर दिएको उनले बताए । कोरोनाको संक्रमण अझ तिव्र गतिमा बढ्दै गएमा सुरक्षाका लागि थप कामहरु गर्ने योजना बनाइँदै गरेको प्रवक्ता ईबश्वरमान डंगोलले जानकारी दिए।