१९ वर्षमुनिको विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै

काठमाण्डाै – १९ वर्षमुनिको विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । खेल बेलुका पौने ७ बजे वेष्ट इन्डिजको मैदानमा हुनेछ । क्वाटरफाइनलमा भारतले बंगलादेशलाई र अस्ट्रेलियाले पाकिस्तानलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् । आजको विजेता टोलीले शनिबार हुने फाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड २४ वर्षपछि फाइनलमा पुगेको छ । इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हरायो । डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको अ...

सम्बन्धित सामग्री

१९ वर्षमुनिको विश्वकप क्रिकेट श्रीलङ्कामा नहुने - NepaliPatra

काठमाडौँ। १९ वर्षमुनिको पुरुष विश्वकप क्रिकेट श्रीलङ्कामा नभई दक्षिण अफ्रिकामा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले प्रतियोगिता श्रीलङ्काबाट दक्षिण अफ्रिकामा सार्ने निर्णय गरेको हो। श्रीलङ्का बोर्डको प्रशासनमा व्यापक सरकारी हस्तक्षेपको कारण आईसीसीले भर्खरै श्रीलङ्का क्रिकेटलाई अस्थायीरूपमा निलम्बन गरेपछि विश्वकप हुने स्थान पनि सरेको हो। श्रीलङ्का क्रिकेट बोर्ड र खेलकुदमन्त्री रोशन रणसिङ्घेबीच विगत […]

१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोटको प्रक्रिया सार्वजनिक

काठमाण्डाै - सन् २०२२ मा वेष्ट इन्डिजमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले छनोटको प्रक्रिया सार्वजनिक गरेको छ । जसमा नेपालले विश्वकपमा स्थान बनाउन एसिया छनोट पार गर्नुपर्ने भएको छ । आईसीसीले सार्वजनिक गरेको छनोट प्रक्रियाअनुसार नेपालले यूएईमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्ने भएको छ ।...

अण्डर १९ विश्वकप क्रिकेट छनोट: रोहितको शानदार खेलमा नेपाल विजयी

मलेशियामा शुक्रवार सुरु भएको १९ वर्षमुनिको विश्वकप छनोटको एशियाली प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

नेपालको विश्वकप खेल्ने सपना चकनाचूर

अफगानिस्तानको तगारोमा लगातार दोस्रो पटक अल्झिएपछि अर्को वर्ष न्युजिल्यान्डमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचूर भएको छ। सिंगापुरमा जारी यु–१९ विश्वकप छनोटको खेलमा मंगलबार अफगानिस्तानसँग लगातार दोस्रो पटक पराजित भएपछि नेपालको छनोट सम्भावना समाप्त भयो।

विश्वकप छनौटको दोस्रो खेलः नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

काठमाडौं, ३ साउन– आइसीसी १९ वर्षमुनिको विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत मलेसियासँगको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।