समस्या समाधानको लागि कार्यान्वयन समिति बनाउने धितोपत्र बोर्ड अध्यक्ष हमालको प्रस्ताव

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अनसनरत तिलक कोइरालाको माग सम्बोधनको लागि कार्यन्वयन समिति बनाउन प्रस्ताव गरेका छन् । अमेरिकाको व्यक्तिगत भ्रमणमा रहेका हमालले नेपाल आए लगत्तै सोमबार करिब ९ बजे बोर्डको कार्यालय खुमलटार पुगेर कोइराला लगायतका लगानीकर्तालाई भेटेर कार्यन्वयन समिति बनाउन प्रस्ताव गरेका हुन् । उनले सबैको अपनत्व होस् र काम कसरी भईरहेको छ भन्ने थाहा पाउनको लागि कार्यन्वयन समितिमा अनसनरत पक्षबाट २ वटा सदस्य पठाउन आग्रह गरेका छन् । त्यस्तै हरेक लगानीकर्ता संघको तर्फबाट एक एक जना प्रतिनिधि पठाउन आग्रह गरेका छन् । आवश्यक पर्छ भने नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि पनि राख्न सकिने बताएका छन् । उनले कार्यन्वयन समितिको बैठक अर्थमन्त्रीको संयोजकत्वमा बस्ने र पहिलो बैठक अर्थ मन्त्रालय मै बस्ने बताएका छन् । अनसन स्थलमा बोर्ड अध्यक्ष हमालले अहिलेको समितिले मागका विषयमा बुँदागत रुपमा अहिले कुन अवस्थामा छ, र कहिलेसम्म सम्पन्न गरि सकिन्छ भन्ने मिति सहितको ड्राफ्ट तयार पारेको बताएका थिए। उनले मागमा रहेका ३ वटा विषय सम्बोधन भईसकेको बताए । उनले एओएनको विषय आज नै सम्बोधन भईसक्ने बताए । उनले अर्थमन्त्रीसँग बसेर मंगलबार बिहान ठोस कार्ययोजना दिने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।  कोइराला असार १ गतेदेखि १९ बुँदा माग राखेर अनसनमा छन् । यस्ता छन् माग : १. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी  र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान  ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा  बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु  प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार  मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द

१४ जेठ, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द भएको जानकारी दिएको हो । सिफारिस समितिले सर्टलिस्ट …

धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न कार्यविधि तयार

१५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि बनाएको छ । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

नेपाल धितोपत्र बोर्ड (सेबन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै उनलाई पदभार ग्रहण गराएका हुन् ।शुक्रबार अर्थ मन्त्रालयमा शपथ गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्नसमेत आग्रह गरे । पुँजीबजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज गर्दै नयाँ आवेदन खुलाउने तयारी

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति पक्रिया समितिलाई खारेज गर्दै नयाँ आवेदन खुला गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । मन्त्रालयले योजना आयोगसहित बनाएको समितिमा प्रश्न उठेपछि उक्त छनोट समितिलाई नै खारेज गर्न...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी

९ मंसिर, काठमाडौं । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी गरिएको छ । अर्थमन्त्रालयले नयाँ प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न अहिलेको प्रक्रिया रद्द गर्ने तयारी गरेको हो । बोर्ड अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गर्नुपर्ने व्यवस्था छ । आयोगको यो […]