ओमिक्रोनको तेस्रो लहर सुरु; तत्काल स्कुल, कलेज लगायतका भौतिक उपस्थिति रोकौँ

कोभिड १९ को तेस्रो लहर सुरु भइसकेको छ, सरकारले भन्नमात्र बाँकी छ । मानिसहरूले बढी उपस्थिति जनाउने भेला, उत्सव, समारोहले कोरोना संक्रमणलाई ह्वात्तै बढाउँछ । चाहे ओमिक्रोन होस्, चाहे डेल्टा होस्, चाहे सुरुको होस्, जुनसुकै भेरियन्ट भए पनि जुलुस, भीड, बिहे–ब्रतबन्ध, भोज, महाधिवेशन यी सबै गतिविधिले संक्रमण दरलाई बढाउँछ ।हामीले अहिले जे गरिरहेका छौँ, त्यसले हामी सजग भइरहेका छैनौँ भन्ने देखाउँछ ।  हामीले यस अगाडिको भयावह अवस्थाबाट अझै पाठ सिकेनौँ । गत वर्ष त्यति ठूलो महामारी हुँदा, दिनमै २ स