कोपा अमेरिकाः उरुग्वे स्तब्ध, टाइब्रेकर हुँदै सेमिफाइनल पुग्यो कोलम्बिया

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको कोलम्बियाले नेपाली समय अनुसार आइतबार बिहान भएको क्वाटर फाइनलमा उरुग्वेलाई टाइब्रेकरमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा दोस्रो र चौथोपटक […]

सम्बन्धित सामग्री

कोपा अमेरिका फुटवलको समूह विभाजन , अर्जेन्टिना र ब्राजिल फरक समूहमा

कोपा अमेरिकाको समूह विभाजन गरिएको छ । यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् । दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट […]

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । बिहान भएको खेलमा उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेर कोलम्बिया अन्तिम चारमा पुगेको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । हारपछि उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र इक्वेडर खेलिरहेका छन् ।

कोपा अमेरिकाः उरुग्वेले कोलम्बियाको तथा अर्जेन्टिनाले इग्वेडरको सामना गर्दै

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत आज हुने क्वाटरफाइनलको तेस्रो खेलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राती ३ः४५ बजेबाट सुरु हुनेछ। उरुग्वे समूह ‘ए’को उपविजेताको रुपमा क्वाटफाइनल प्रवेश गर्दा कोलम्बिया समुह ‘बी’को तेस्रो स्थानमा रहँदै अन्तिम ८मा आएको हो। त्यस्तै अन्तिम ८ को अन्तिम खेलमा अर्जेन्टिनाले इग्वेडरको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल भोली बिहान ६ः४५ बजेदेखि सुरु हुनेछ।

चिलीलाई स्तब्ध बनाउँदै ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा

काठमाडाैं। चिलीमाथि १–० को जित निकाल्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिललाई जित दिलाउन ४६ औं मिनेटमा लुकास पाक्वेटाले निर्णायक गोल गरे। ४८ औं मिनेटमा गाब्रियल जिसस सिधै रातो कार्ड पाएर बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो। आइतबार बिहान सेमिफाइनल प्रवेशका लागि उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडरबीच खेल हुनेछ।