नागरिकतासम्बन्धी अर्को विधेयक भोलि नै संसदमा लैजाने तयारी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय स्रोतका अनुसार बुधबार नै नागरिकता ऐन २०६३ को अर्को संशोधन विधेयक संसदमा पेश गर्ने तयारी छ । त्यसअघि मंगलबार साँझ नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटाउन सत्तारुढ दलको शीर्ष नेताको बैठक बसेको छ ।