काठमाडौं (अस) । आइएमई रेमिट्यान्स कम्पनीले ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले स्थापनाको २२औं वर्षमा प्रवेश गरेको अवसरमा उक्त योजना सार्वजनिक गरेको हो । उक्त योजनामा सहभागी एकजना विजेताले सामसुङ एस२२ मोबाइल पाउने कम्पनीले जानकारी दिएको छ ।
देश तथा विदेशबाट आइएमईमार्फत पठाएको रकम नेपालका कुनै पनि एजेन्ट वा सबएजेन्टमार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता बन्ने कम्पनीले जानकारी दिएको छ । सोही अनुसार योजना अवधिमा २० जना विजेता हुनेले स्मार्टवाच पाउने बताइएको छ । २० जनामध्ये बम्परमा एकजना भाग्यशाली विजेताले सामसुङ एस२२ मोबाइल पाउनेछन् । विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने बताइएको छ । आइतवारदेखि शुरू भएको यो योजना आगामी असार १५ गतेसम्म जारी रहने कम्पनीको भनाइ छ ।