काठमाडौंँ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन्। सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका केसी निलम्बित भएका हुन्।
प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो।