एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताउनुभएको छ । शुक्रबार वीरगञ्जमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीका विषयमा नेपाली जनता र राजनीतिक दल विभाजित भएकाले प्रष्ट पार्नुपर्ने चुनौती रहेको बताउनुभएको हो । जनमत एमसीसीविरुद्ध रहेको भन्दै उहाँले सम्झौता मिति पर सार्दा उत्तम हुने समेत बताउनुभयो । […]