टोकियो ओलम्पिकः स्वर्ण पदकमा चीनको वर्चस्व कायमै

एजेन्सी। टोकियो ओलम्पिकमा सातौँ दिन सकिँदासम्म पनि स्वर्ण पदकमा चीनको वर्चस्व कायमै छ। १९ स्वर्ण, १० रजत र ११ कास्य गरी कुल ४० पदकसहित चीन शीर्ष स्थानमा छ। १७ स्वर्ण, ४ रजत र ७ कांस्य गरी कुल २८ पदकसहित जापान दोस्रो स्थानमा छ। अमेरिका १४ स्वर्ण, १६ रजत र ११ कांस्य गरी कुल ४१ पदकका साथ तेस्रो स्थानमा छ।