प्रत्यक्षतर्फ चुनाव लड्न महिलाहरु सक्षम छन्ः रंगमती शाही

काठमाडौँ – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले महिलाहरु समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम रहेको बताएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानूनमा नै बाध्यकारी बनाउनुपर्ने बताइन्। सांसद शाहीले महिलालाई […]