अहिलेकै अवस्थामा एमसीसी पास हुन सक्दैन : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने बताएका छन् । विराटनगरमा शनिबार पत्रकारहरूसँगको कुराकानीमा उनले सबै दलको साझा सहमति हुँदा मात्रै एमसीसी संसद्‌बाट पास हुने बताएका हुन् । उनले साझा सहमतिका लागि प्रयत्‍न गरिरहेको बताए ।