अभियान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि आईपीओ बिक्री खुलाएको लघुवित्तको आवेदन मिति आज (साउन २२) सम्म रहेको हो ।कम्पनीले १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमध्ये २२ हजार ५०० कित्ता कर्मचारीका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ ।बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । यसमा सर्वसाधारणले न्यूनतम १० देखि अधिक