छठ पर्वका लागि चाहिने सामग्री बनाएर गुजारा चलाउँछन् डुम समुदाय

जनकपुर । अन्न केलाउन प्रयोग गरिने नाङ्लो बाँसको चोयाबाट बन्छ । कहिलेकाहीँ पूजा सामग्री वा चोखोनितोका सामग्री पनि नाङ्लोमै राखिन्छ । तराई मधेसमा नाङ्लो बुन्ने काम मुख्यतया डुम समुदायले गर्दछ ।मिथिलाञ्चलमा छठको पूर्व सन्ध्यामा बाँसबाट बनेका सामग्रीहरु जोहो गर्न अहिले भ्याइ–नभ्याइ छ । छठ पर्व डुम समुदायका लागि आय आर्जनको अवसर पनि हो । उनीहरुले बनाएको नाङ्लो, डालो, पनपतिया लगायतका बाँसका सामग्री छठमा बढी खपत हुने गर्दछ ।छठ पर्वमा नाङ्लो, छिटी, डालो, पनपतिया लगायतका भाँडामा अर्घको प्रसाद राख्ने