नेपाल बैंक ‘डबल धमाका मुद्दती खाता’ : पैसा दोब्बर हुन लाग्ने समयावधि घट्यो

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले संचालनमा ल्याएको  ‘डबल धमाका मुद्दती खाता’ आयोजनालाई थप आकर्षक बनाइएको छ ।  ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी योजनालाई थप आकर्षक बनाइएको हो ।अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष  ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ । यसमा न्युनतम रु पच्चीस हजारभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी यो योजनामा बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा