शिक्षा मन्त्रालय भन्छ– मास्क र स्यानिटाइजर प्रयाेग गर्दै पढाऊ

काठमाडौं। विद्यालयहरूलाई मास्क र स्यानिटाइजरको प्रयोग गरी पढाइ सुचारु गर्न निर्देशन दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः निरीहता प्रकट गरेको छ। कोरोना सङ्क्रमणका बढ्दै गर्दा बालबालिकामा सङ्क्रमणको जोखिम बढेको भन्दै अभिभावकहरूले चिन्ता गरिरहेका बेला आज मन्त्रालयले एक विज्ञप्तिमार्फत् स्वास्थ मापदण्ड अपनाई पढाइ सुचारु गर्न विद्यालयहरूलाई भनेको हो। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा पछिल्लो वस्तुस्थितिको समीक्षा गरिएको थियो।