काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिलाई बस्नका लागि काठमाडौँका विभिन्न स्थानमा होटल बुकिङ गरिएको छ । पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले प्रतिनिधि बस्नका लागि काठमाडौँको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल बुकिङ गरेको हो […]
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलि (१८ असोज) मा काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा उद्घाटन हुँदै छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ ।
विद्यार्थी राजनीतिसँगै उद्योग तथा व्यवसायमा सक्रिय जमशेर अलिमियाँ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम समुदायको कोटाबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। आधा दर्जनभन्दा बढी व्यवसायमा संलग्न उनले उद्योग सञ्चालन, रोजगारी सिर्जना र व्यावसायिक संगठनमा हासिल गरेको अनुभवलाई पार्टीको केन्द्रीय नीति निर्माणमा उपयोग गर्ने इच्छा व्यक्त गरेका छन्। कपिलवस्तु क्षेत्र नम्बर ३ का महासमिति सदस्य […]
काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित ‘भवन ऐन, २०८३’ को विधेयक सङ्घीय संसद् सचिवालयलमा दर्ता गराइएको उल्लेख गरेका छन् । शुक्रबार दर्ता गरिएको उक्त विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चित गर्ने तथा मध्यम आय भएका […]