काठमाडौंको फुटपाथ, ठेलागाडा र कवाडी संकलन गर्न नपाइने

काठमाडौं।। जिल्ला प्रशासन कार्यायले काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म फुटपाथ तथा खुल्ला ठाँउमा व्यापारमा प्रतिबन्ध लगाएको छ। यसैगरी, यस अवधिमा ठेलागाडा वा साइकल व्यापारमा पनि रोक लगाइएको छ। यस्तै, कवाडी संकलनमा समेत रोक लगाउने निर्णय तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको छ।