भारतीय विमानमार्फत् इजरायलबाट फर्कदै १९ नेपाली, गौरीफन्टा हुँदै नेपाल ल्याइने

आतङ्वादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।...

सम्बन्धित सामग्री

गौरीफन्टा नाकामा तालिम प्राप्त कुकुरबाट सुरक्षा जाँच

९ माघ, धनगढी । कैलालीको गौरीफन्टा नाकामा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर सुरक्षा जाँच गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार नेपाल–भारत सीमास्थित गौरीफन्टा नाकामा तालिम प्राप्त कुकुरको प्रयोग गरेर जाँच गरिएको जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र पालले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि, लागुऔषध ओसारपसार तथा विस्फोटक पदार्थको अवैध आयात […]

गौरीफन्टा सिमानास्थित छुट्टै बाटो भएर नेपाल आउँदै नेपाली

कैलालीसँगै सिमाना जोडिएको कञ्चनपुरको गौरीफन्टा सिमाना नजिकैको छुट्टै बाटो भएर नेपाल प्रदेश गर्दै भारतका विभिन्न शहरबाट आएका नेपालीहरु । पछिल्लो समय भारतमा कोरोनाको सङ्क्रमण वृद्धि भएसँगै स्वदेश फर्किनेको लर्को छ । तस्बिर रासस

गौरीफन्टा नाकामा ‘रानी’ को निगरानी

कैलाली, असोज १९ । कैलालीको गौरीफन्टा नाकामा चेकजाँचका लागि कुकुरलाई खटाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयनमा प्रदेश प्रहरी कार्यालयको प्राविधिक टालेलीले ‘रानी’ नामक कुकुरसहित उक्त क्षेत्रमा निगरानी सुरु गरेको हो। दसैँ तिहारका लागि भारतबाट घर फर्किने नेपालीले बोकेर ल्याएको सामान चेकजाँच भइरहेको छ। विषेशगरी विष्पोटक पदार्थ र लागुऔषध नेपाल भित्रिन नदिनका लागि कुकुरमार्फत चेक […]

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री खड्काद्वारा गौरीफन्टा नाकाको निरीक्षण

१ भदौँ, धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । मन्त्री खड्काले मंगलबार गौरीफन्टा नाकाको निरीक्षण गर्दै तेस्रो लहरको कोरोना संक्रमण फैलिन नदिन होल्डीङ सेन्टर र स्वास्थ्य परीक्षणलाई व्यवस्थित गरिने जनाएका छन् । भारतबाट फर्किने सबै नेपाली नागरिकको स्वास्थ्य परीक्षण गर्ने प्रदेश सरकारको योजनामा सघाउन खड्काले […]

भारतबाट फर्किने नेपालीको गौरीफन्टा नाकामा बिचल्ली

१८ वैशाख, धनगढी । डोटीको बोगटान गाउँपालिका–७ का टेकबहादुर बोहरा शनिबार बिहान ६ बजे गौरीफन्टा नाकामा उत्रिए । भारतको गोवामा रोजगारी गर्दै आएका बोहरा दोस्रो लहरको कोरोना कहर तीव्र बनेसँगै रोग र भोकबाट बच्न स्वदेश फर्किएका हुन् । भारतमै पीसीआर परीक्षण गरेर फर्किएका बोहरा बिहान १० बजेसम्म गौरीफन्टा नाकामा गाडीको खोजी गरिरहेका थिए । नाकामा […]

गौरीफन्टा नाकाबाट नेपाल आएका ४० जनामा कोरोना

कैलाली, बैशाख ६ । आइतबार कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ४० जनामा कोरोना संक्रमण देखिएको छ। गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार सो नाका भएर आइतबार ७ सय जना भित्रिएका छन्। तीमध्ये ३ सय ४० जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ४० जनामा संक्रमण पुस्टि भएको उनले बताए। हालसम्म उक्त नाकाबाट भित्रिएकामध्ये ९ […]

शनिबार गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका ६७ जनामा कोरोना

कैलाली, बैशाख ५ । भारतबाट कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना संक्रमण देखिएको छ। गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार सो नाका भएर शनिबार एक हजार २ सय जना नेपाल भित्रिएका छन्। नाकाबाट नेपाल प्रवेश गरेकामध्ये पाँच सय ११ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६७ जनामा संक्रमण पुस्टि भएको हो […]

उत्तर प्रदेशमा चुनाव : गौरीफन्टा नाका दुई दिन बन्द

धनगढी : कैलालीसँग जोडिएको त्रिनगर– गौरीफन्टा नाका बन्द गरिने भएको छ। भारतको उत्तर प्रदेशमा पञ्चायत चुनाव अर्थात् स्थानीय तहको चुनाव हुँदै छ। चुनावलाई मध्यनजर गर्दै कैलाली जिल्लासँग जोडिएको गौरीफन्टा नाकामा आइतबार बेलुकीदेखि सोमबार बेलुकीसम्म आवतजावत पूर्ण रूपमा बन्द गरिने भएको हो।चुनावी अवस्थालाई मध्यनगर गर्दै गौरीफन्टा नाका बन्द गरिने भएको कैलाली प्रशासनले जनाएको छ। सो नाका भएर अहिले दैनिक हजार बढी नेपाली स्वदेश फर्किरहेका छ्न। वैशाख ५ गते साँझदेखि ६ गतेसम्म नाका पूर्ण रुपमा बन्द रहनेछ।&n

गौरीफन्टा नाका खोल्न नेपाल र भारतका व्यवसायीको माग

नेपाल र भारतका व्यवसायीले सीमानाका सहज रूपमा खोल्न नेपाल सरकारसँग माग गरेका छन् । नेपाल भारतका सीमानाका गौरीफन्टा नाका बसेको बैठकमा दुबै देशका व्यवसायीले उक्त माग गरेका हुन्