नवनियुक्त मन्त्रीहरुको शपथग्रहण ११ बजे

काठमाडौं, असार १३ । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम अहिले ११ बजे राष्ट्रपति भवन शीतल निवासमा हुँदै छ। नेकपा (एकीकृत समाजवादी) बाट मन्त्रिपरिषदमा इन्ट्री गरेका नयाँ मन्त्रीको शपथ हुन लागेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ […]

सम्बन्धित सामग्री

बिहीबारसम्ममा मन्त्रीहरुको शपथ हुन्छ : मेटमणि चौधरी

नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन् । जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको शपथग्रहण रोकिएको उन

नयाँ मन्त्रीहरुको शपथग्रहण अपरान्ह ४ बजे

नयाँ मन्त्रीहरुको शपथ कार्यक्रम अपरान्ह ४ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा ४ बजे हुने शपथ ग्रहण समारोहका लागि तयारी भइरहेको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिए । उनले मन्त्रिपरिषद् विस्तारको आधिकारिक चिठ्ठी भने प्राप्त भइनसकेको बताए ।