काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मार्गप्रशस्त भनेका पद त्याग नै भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा ट्विट गर्दै मार्गप्रशस्त भनेको पद त्याग हो भन्ने कुरा बझेको कि बुझ पचाएको भनेर प्रश्न गरेका छन्। उनले संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठन गरेर प्रधानमन्त्री ओलीलाई विपक्षमा बस्न बाध्य पार्न चुनौति समेत दिएका छन्।