राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२ औँ केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कास्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कास्य हात पार्‍यो । तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कास्य जित्यो । ५० स्वर्णका लाग भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालील