खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ बतासेका प्रसाद राई सम्पर्कविहीन भएको ५२ वर्षपछि घर आइपुग्नुभएको छ । २०२७ साल वैशाखमा उदयपुरको बलम्तामा रहेको मावली घर जाने भन्दै हिँडेपछि भारतको नागाल्यान्ड पुगेका प्रसाद लामो समयपछि घर आइपुग्नुभएको हो । २१ वर्षको उमेरमा घरबाट हिँडेका राई ७३ वर्षको उमेरपछि घर आइपुगेको आफन्त विशाल राईले जानकारी दिनुभयो ।
घरको सम्पर्कबाहिर रहनुभएका प्रसाद ‘जिउँदै छन् वा छैनन्’ भन्नेबारे आफन्तलाई नै थाहा थिएन । नागाल्यान्डबाट नेपाल प्रवेश गर्नुभएका प्रसाद इटहरी&ndash...