नेपाल र विश्व बैंकबीच ३४ अर्ब ९६ करोड सहुलियतपूर्ण ऋण सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (रु ३४ अर्ब ९६ करोड) र डिजिटल नेपाल गतिवृद्धि (डिएनए) आयोजनाका लागि १४ करोड डलर (रु १८ अर्ब)को सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ तथा विश्व बैङ्कका दक्षिण एसिया …