सर्लाही-२ महिन्द्र राय यादवकाे अग्रता कायमै, राजेन्द्र महतो पछ्याउँदै

सर्लाही-२ मा प्रतिनिधि सभा सदस्य नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं उम्मेदवार महिन्द्र राय यादवले मतान्तर फराकिलो पार्दै अग्रता जारी राख्नुभएकाे छ । आज शनिबार बिहानसम्म नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडाबाट उम्मेदवारी दिनुभएका यादवले कुल ६६ हजार २ सय ३० मतगणना हुँदा २० हजार ७ सय ३८ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे […]

सम्बन्धित सामग्री

सर्लाही २ बाट महिन्द्र राय यादव विजयी, राजेन्द्र महतो पराजित

सर्लाही २ बाट नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव विजयी  भएका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पराजित गरेका हुन् । यादवले २३ हजार ५२९ मत पाए । महतोले २१ हजार ५१८ मत पाए । यस्तै नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत पाए । जनमत पार्टीका नरेश कुशवाहाले ६ हजार […]

सर्लाही–२ बाट महिन्द्र राय यादव निर्वाचित, राजेन्द्र महतो पराजित

१० मंसिर, जनकपुरधाम । सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् । महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा […]

सर्लाही- २ मा मतान्तर घटाउँदै राजेन्द्र महतो, निरन्तर अग्रतामा महिन्द्र

जनकपुरधाम – सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी(लाेसपा)का उम्मेदवार राजेन्द्र महतोले मतान्तर घटाएका छन्। नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव ७ हजार ८०४ मतसहित निरन्तर अग्रता कायम गरेका छन् भने लोसपाका महतो ७ हजार ५७४ मतसहित मतान्तर घटाइरहेका छन्। महतो अहिले यादवभन्दा २३० मतले पछाडि छन्। यस्तै, नेकपा एमालेका राज नारायण साह ६ […]

सत्तारुढ गठबन्धनको पछिल्लो निर्णयप्रति महिन्द्र राय यादव असन्तुष्ट

सत्ता गठबन्धनभित्र सर्लाही–२ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । यी दुवै दल सत्तारुढ गठबन्धनभित्र छन् ।सत्ता गठबन्धनले सुरुमा निकालेको सूचीमा महिन्द्र राय यादव गठबन्धनका आधिकारिक उम्मेदवार रहेको उल्लेख थियो । त्यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै लोसपाका नेता महतोले उम्मेदवारी दिएका थिए ।तर, पछिल्लो सहमति अनुसार

महिन्द्र भर्सेस  राजेन्द्र : गठबन्धन दोहोरो निर्णयका कारण सर्लाहीमा विवाद

सत्ता गठबन्धनको फरक–फरक निर्णयले महिन्द्र राय यादव र राजेन्द्र महतो आमनेसामने बनेको सर्लाही–२ मा उम्मेदवारीको विषयमा विवाद उत्पन्न भएको छ । गठबन्धनले जारी गरेको सूची, काँग्रेसले लोसपासँग गरेको सहमति र गठबन्धनले जारी गरेको विज्ञप्तिमा फरक–फरक कुरा उल्लेख भएको कारण सर्लाही–२ मा विवादमा देखिएको हो ।नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव सर्लाही–२ मा माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रतिनिधिसभा सदस्यमा उठेका छन् । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह

सत्ता गठबन्धनको उम्मेदवार महिन्द्र राय यादव, अप्ठेरोमा परे राजेन्द्र महतो

सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ ।